नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको बार्ता ठोस निष्कर्ष बिना सकिएको छ।
बालुवाटारमा भएको करिब ३ लामो छलफल भोलि पुनः छलफल गर्ने गरी सकिएको हो।
बैठकमा सहभागी पार्टीका महासचिव विष्णु पौडेलका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको र भोली थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको जानकारी दिए ।
त्यसैगरी वार्तामा सहभागी नेता जनार्दन शर्माले दुवै अध्यक्षबीच खुलेर छलफल भएको र अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको बताए ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।
नेकपा स्थायी कमिटीको बैठक भोलि ११ बजेका लागि डाकिएको छ।