सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै दाहाल शीतल निवास पुगेका हुन्। ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुबीच आशंका बढिरहेका बेला राष्ट्रपतिलाई भेट्न दाहाल शितल निवास पुगेका हुन्। राष्ट्रपतिसँगको भेटमा दाहालले एकपक्षीय कुरा मात्र सुन्न नहुनेतर्फ ध्यानाकर्षण गराउने बताइएको छ।
राष्ट्रपतिसँग भेटेर आए लगत्तै मन्त्रिपरिषद्को बैठक राखेका ओलीले स्थायी कमिटी बैठकका लागि बालुवाटारमा भेला भएका सदस्यहरुलाई बेवास्ता गर्दै बैठक स्थगित गरेका थिए। त्यसपछि ओलीले बरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए। भेटमा प्रचण्डले संसद अधिवेशन अन्त्य गरेकाप्रति आपत्ति जनाएका थिए। के गर्न खोजेको भनेर प्रश्न गरेका थिए ।