मन्त्रिपरिषद् बैठकको बिहीबार बिहानको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाइएको थियो। सोही सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार साँझ ५ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन्। बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।