पार्टीकाे आन्तरिक तनाबकाबीच प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
मध्याह्न १२ बजेपछि बस्ने बस्ने बैठकमा प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे छलफल हुन सक्ने अनुमान छ । प्रधानमन्त्री ओलीले बुधबार आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपतिसँगकाे भेटमा पछिल्लाे राजनीतिक अवस्थाकाे विषयमा छलफल भएकाे बताइएकाे छ। निकै तनाबमा परेका ओली कुनै नयाँ कदम चाल्ने रणनीतिमा त छैनन् भन्ने आशंका पनि उब्जिएकाे छ ।
यद्पी याे मन्त्रिपरिषदको यो बैठक नियमित र बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।