स्थायी कमिटी र मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन्।
प्रधानमन्त्री ओलीले ११ बजे स्थायी कमिटी बैठक डाकेका छन् भने मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्। दुबै बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।