सत्तासीन नेकपाभित्र विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान खुमलटारस्थित आफ्नो निवासमा ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाएका छन्।
बुधबार साँझ ललितपुरको झम्सिखेलमा बसेको स्थायी कमिटीका ६ सदस्यको भेलामा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेपछि अध्यक्ष दाहालले ओली पक्षीय नेताहरुलाई बोलाएका हुन्।
श्रोतका अनुसार अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली पुगेका छन्।
यसैगरी, प्रचण्ड(नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका पनि छलफलमा सहभागी छन्।