नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधबारकाे को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
५ जना नेताहरूले बैठकमा धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।
कमिटी सदस्य याेगेश भट्टराइले नेतृत्वबीचकाे असमझदारी बैठकमा हाेहल्ला गरेर भन्दा बन्द काेठामा आपसी समझदारीमा हल गर्नु पर्ने बताए ।
हिजाे मंगलवारकाे स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीकाे राजिनामा माग गरेसँगै नेकपा तथा नेपालकाे राजनीतिमा तरङ्ग पैदा भएकाे छ ।