जारी स्थायी कमिटी बैठकमा मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहालसहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारfयणकाजी श्रेष्ठ लगायतले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हट्न दबाब दिएपछि बुधबार निकटका नेताहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।
ओलीले आफूलाई नेताहरुले अपमानित गरेको भन्दै सबैतिरबाट आक्रमण भएका बेला पार्टीका नेताहरुले सहयोग गर्नुपर्ने माग राखेका थिए।
आफ्नो पक्षमा बहुमत रहेको देखाउनका लागि ओलीले आफू निकटमात्र होइन, प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरुलाई पनि बालुवाटार बोलाएर छलफल गरेका हुन्।
गृहमन्त्रीसमेत रहेका पूर्व माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी थिए। बैठकमा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले भने केही पनि बोलेका थिएनन् ।