नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।
उनको आज (बुधबार) शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
६६ वर्षीया छन्त्यालको मुटुमा समस्या देखिएपछि त्यहाँ उपचार भईरहेको थियो । बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी छन्त्याल प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन् । उनको दुई छोरा र दुई छोरी छन्।