सरकारको कार्यशैलीका कारण स्थायी कमिटी बैठकमा राजीनामा नै माग मागेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकाशं नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए।
आज ११ बजे स्थायी समितिको वैठक बस्नुअघि ओलीले वैठकमा आफ्नो रणनीति तय गर्ने बिषयमा सल्लाह गर्न निकटहरुलाई बोलाएको बालुवावटार स्रोतले जनाएको छ।
मंगलबारको स्थायी समिति वैठकमा बोलेका सबैजसो नेताले ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। ओलीले ती दुबै माग अस्वीकार गर्दै संसदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको धम्की दिएका थिए।