नागरिकता संशोधन बिधेयकमा गरिएको विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने व्यबस्था खारेजीको माग गर्दै जनकपुरधाममा बिरोध प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले आइतबार जनकपुरमा पार्टी कार्यालयबाट शुरु गरिएको विरोध ¥याली क्याम्पसचोक, मुरलीचोक, रामाचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला संघकी क्षेत्रीय सचिव सम्झना वर्माले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको भन्दै विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइन्।