तल्लो तहका अधिबेशनहरुको कार्यतालिका हेरफेर भए पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमै हुने भएको छ।
कोरोना भाइरसका कारण पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेको भनेर पार्टीभित्र संस्थापन पक्षमाथि एक समूहले आशंका गरिरहेका बेला आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको हो।
२०७६ पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसमितिको म्याद एक बर्ष म्याद थप गर्दै पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
बैठकले कोरोनाका कारण प्रभावित भएका तल्लो तहका अधिवेशनको मिति भने सामान्य हेरफेर गर्ने निर्णय गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय महाधिवेशनमा असर नपर्ने गरी भतल्लो तहको अधिवेशनको कार्यतालिका भन पुनर्लेखन गरिने छ।
यसैबीच, तल्लो तहको अधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।