प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको बताएका छन्।
नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले हटाउने खेल शुरु गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यो खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाए।
मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको दाबी गरे। त्यसका लागि सिंगो भारतको राज्यसंयन्त्र र मिडिया लागि परेको उनले उल्लेख गरे। भारतीय दूतावास पनि त्यो खेलमा लागेको उनको भनाई थियो।
तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्री हटाउने भारतको सपना पूरा नहुने उनले बताए । आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बिश्वास व्यक्त गरे। ब आफूलाई पदमा बसिरहन मन नभएको बताएका प्रधानमन्त्री ओलीले यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए।
‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई ‘. दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के(के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’