नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेकाे छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेकाे उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।
काेराेना सङ्क्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक डाकेकाे हाे।
कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो।
२०७२ मा सम्पन्न भएको कांग्रेसको १३ औँ महाधिवेशनकाे कार्यकाल २०७६ फागुनमा पूरा भएपछि एक बर्ष म्याद थपिएकाे थियाे। जस अनुसार अागामी फागुनमा कांग्रेसले १४औँ महाधिबेशन हुनेछ