सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जारी स्थायी कमिटी बैठक दुई दिन स्थगित गरिएको छ। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले बताए।
शनिबारको बैठकमा २१ जना स्थायी कमिटी सदस्यले आआफ्ना धारणा राखेका थिए। प्रवक्ता श्रेष्ठका अनुसार असार १६ गतेको बैठकमा सीमा समस्या, कोरोनालगायत एजेन्डामाथि छलफल हुने छ।
शुक्रबारको बैठकमा अनुपस्थित भएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भने केहीबेर बसेर बाहिरिएका थिए।