पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ।
धनगढी उपमहानगरपालिका –४ उत्तरबेहडीस्थित देउवा निवासको गेटमा विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने चेतावनीसहितको पत्र टाँसेका छन्। विप्लव समूहले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी दिएको छ।
‘राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ। यदि नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ’ पत्रमा लेखिएको छ।