सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित गरिएको छ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्र बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
आजको बैठकले बैठकका एजेन्डा पारित गरेको छ। जस अनुसार अबको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहयोग परियोजना एमसिसीलगायतका विषयमा छलफल हुने छ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले ज्यादै राम्रो काम गरेको बताए पनि के के काम भए भनेर चाँही उल्लेख नगरेको एक सहभागीले बताए। तर अर्का अध्यक्ष दाहालले सरकारका काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका थिए।