जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले नागरिकता संशोधन विधेयकको विरोधमा कपिलवस्तुमा प्रर्दशन गरेका छन्।
सरमुकाम तौलिहवाको नगर परिक्रमा गरी जिल्ला प्रशासन अगाडि कोण सभा गरेका थिए। प्रस्तावित नागरिकता संशोधन विधेयक फिर्ता लिनु पर्ने, नागरिकता सम्बन्धी ऐन २०६३ नै कायम गर्नुपर्ने, कम्युनिष्ट सरकारले जनताको मनोभावना विपरीतका काम रोक्नु पर्ने लगायतको माग राख्दै प्रदर्शन गरेका थिए।
नागरिकता विधेयकमा रहेका नयाँ प्रावधान आफूहरुलाई कुनै हालतमा पनि मान्य नहुने भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्। नेपाल–भारतबीच सदियौंदेखि आपसी सम्बन्धलाई आउँदै गरेको नागरिकता विधेयकले खलल पार्ने नेताहरुले बताएका छन्।
विरोध प्रर्दशनमा जसपाका नेताहरु रविदत्त मिश्रा, नारायण खनाल, कैलाश अग्रहरी, शैलेन्द्र यादव, अब्दुल रसिद खाँ, सन्दिप पाण्डेय लगायतको उपस्थिति थियो।