दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङले प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।मनाङेले समितिका सभापति दीपक कोइरालालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
कुनै योजना अघि बढाइदै छ भनेपछि कमिसन बाहेक अरूकाे त कुरै नहुने रहेछ त्यो रोक्न नसकेपछि हामी पनि त्यसको भागिदार देखिनेजस्तो भएर मैले राजीनामा दिएँ।' मनाङेले भने ।समिति नाम मात्रको रहेछ कुनै पावर नै रहेन छ उनकाे भनाइ थियाे ।
नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यहीन समितिको पदको जिम्मेवारी लिएर बस्न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले सुनाए ।उनी २०७५ फागुन २८ गते समितिका सदस्य नियुक्त भएका थिए ।