सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ३३ अर्ब ३८ करोडको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमवार प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन्।
विनियोजन मध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको छ। अन्तर सरकारी वित्तीय व्यवस्थापनतर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वितिय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.९ प्रतिशत रहेको छ।
प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका साथै कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जानकारी दिए। उनले पर्यटन शुल्कलाई मिनाहा गर्ने पनि बताए।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आबका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको उनले उल्लेख गरे।