वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५१ अर्बको बजेट ल्याएको छ।
सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेससभामा आगामी आव २०७७÷०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन्। विनियोजन बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उनले बताए।
विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१.१२ प्रतिशतर पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत रहेको छ। बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानित ७ अर्ब ५० करोड हुने मन्त्री ढुङगेलले जानकारी दिए।
बजेटले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।