कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको भन्दै कपिलवस्तुमा प्रदर्शन गरिएको छ।
कोरोना संक्रमण दर बढिरहँदा राज्यले नागरिक दायित्व निर्वाह गर्न नसकेको भन्दै उनीहरुले जिल्ला प्रशासन चौक तोलिहवामा नाराबाजी र प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले ईश खाईस यसै १० अर्ब, १०० प्रतिशत पिसिआर हुनु पर्ने, सरकारको सरोकार कार्पेट कि पिसिआर, जाजरकोट घटनाको दोषीलाई कारवाही गर, जनता भोकै मर्दैछन्, सरकार खै के चै गर्दैछन्, किन छैन पिसिआर जाग्यो जनता होसियार भन्दै उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका हुन्।