नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत ६१३ जना स्वास्थ्यकर्मीको बिमा गराएका छन्।
कोरोना महामारीको अग्रभागमा बसेर काम गर्दै आएका जिल्लाभरका स्वास्थ्यकर्मीहरुको व्यक्तिगत पहलमा नेता बस्नेतले एक बर्षको बिमा गराएका हुन्। यसबाट कार्यालय सहयोगीदेखि डाक्टरसम्म लाभान्वित हुनेछन्। पीसीआर परीक्षणमा पोजेटिभ देखिनसाथ उनीहरुले एक लाख रुपैंया पाउने छन्।
कांग्रेस केनद्रीय सदस्य बस्नेतले यसअघि एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतका सम्पुर्ण तहका सुरक्षाकर्मीको कोरोना बिमा गराएका थिए।
कोरोना माहामारीमा फ्रन्टलाइनमा खटिएर बिरामीको उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी, बिरामी ओसारपसार गर्न अहोरात्र खट्ने एम्बुलेन्स चालक तथा प्रहरीहरूको जोखिमलाई मध्यनजर राख्दै बिमा गरिदिएका हुन् । हाल जिल्लामा साढे तीनसयको हाराहारीमा प्रहरी कार्यरत छन् ।
पूर्व मन्त्री बस्नेतले यसअघि कोरोनाबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोकको राम्चेकी एक महिलाको बच्चालाई पालनपोषणको लागि ५० हजार नगद दिएका थिए भने उनको शिक्षादिक्षा र रोजगारको समेत जिम्मेवारी लिएका थिए।
कोरोना संकट सुरु भएपछि पूर्वमन्त्री बस्नेतले गृहजिल्लामा पीपीइ, माक्स, स्यानिटाएजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन्।