पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छन्।
आख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले वडाध्यक्ष देबेन्द्र पुनलाई शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिनेक्रममा रंगेहात पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
सूचना अधिकारी भुसालका अनुसार टोलीले पुनलाई नियन्त्रणमा लिई अहिले मुचुल्का उठाउँदै गरेको बताए।