गृहमन्त्री रामबहादुर थापा वादलको आदेश भन्दै सुरक्षाकर्मीले २ जना पत्रकारलाई जाजरकोट जान रोकेको छ। रुकुममा ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टिङमा हिडेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजारमा प्रहरीले रोकेको हो।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्रीको आदेश भन्दै सल्यान प्रहरीले रोकेको हो।
मास्क खोल्न लगाएर प्रहरीको मोवाइलमा रहेको फोटोसँग अनुहार म्याच गराएर आफूहरुलाई अघि बढ्न नदिइएको पत्रकार सुनारले बताए।
यसअघि कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकतोक नभएको बताएपछि पत्रकारद्धय सुनार र बिक जाजरकोटतर्फ लागेका थिए।