कोरोनाका कारण संयुक्त अबर इमिरेट्स (युएई) मा अलपत्र परेका १६८ जना नेपालीलाई ल्याउन शुक्रबार मध्याह्नका लागि तय भएको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।
नेपालीलाई स्वदेशमा ल्याउँदा लाग्ने खर्च कसले बेहोर्ने भन्ने बिषयमा विवाद भएपछि शुक्रबारको उडान अनिश्चित भएको छ। बिमानको भाडा यात्रु वा सरकार कसले बुझाउने भन्ने विवाद भएको हो।
कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टिमा राखी घर पठाउने योजना अनुसार सरकारले शुक्रबारदेखि ल्याउने बताएको थियो।
आजै सेनाको हजाजमार्फत म्यानमारबाट नेपालीहरुलाई ल्याइदैछ।