सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी तयार गर्ने जिम्मा काेराेना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना दुई दिनभित्र पेश गर्नेगरी जिम्मा दिने निर्णय गरेको हाे ।
व्यवसायीहरुले लकडाउनकाे अवज्ञा गर्न थालेपछि सरकार लचिलाे भएकाे हाे ।सरकारले चैत ११ गतेदेखि सुरू गरेकाे लकडाउन जेठ ३२ गतेसम्म थप गरिसकेकाे छ ।
यसअघि बुधवार प्रधानमन्त्रीसँग भएकाे छलफलमा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका थिए ।लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।