चौतर्फी बिरोध भएपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ।
विभागले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना मंगलबार निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको उर्दीको भद्र अबज्ञा गर्न सबैमा आह्वान गरेका थिए।