कोरोना संक्रमितको संख्या २ हजार नाघेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामबारे छलफल गर्न विज्ञहरूलाई बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामको आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न दिउँसो ४ बजे विज्ञहरुलाई बोलाएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बोलाइएको छ।
थापाका अनुसार मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको छ।