गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार ४४ सहसचिव र उपसचिवलगायतको पदस्थापना तथा सरूवा गरेको हो।
मन्त्रालयका अनुुसार सुर्खेतका सिडिओ रमेश न्यौपाने पाल्पा सरूवा भएका छन् भने पाल्पाका सिडिओ यादव सुवेदीलाई काजमा गृहमन्त्रालय सरुवा गरेको छ।
महोत्तरीका सिडिओ सूर्यबहादुर खत्रीको इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरूवा भएका छन् भने उनको ठाउँमा काठमाडौंका सहायक प्रजिअ कृष्णबहादुर कटुवाललाई पठाएको छ।