सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।१२ दिन थप गरिएकाे यस लकडाउनकाे माडालिटी भने हेरफेर हुने एक मन्त्रीले बताए ।
पछिल्लाे समय काेराेना संक्रमितकाे संख्या झनझन बढ्न थालेपछि काेराेना नियन्त्रण उच्चस्तरिय संयन्त्रकाे सिफारिसमा सरकारले लकडाउन लम्ब्याएकाे हाे । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ।
चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो ।साथै बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।