सरकारले संसदमा संविधान संशोन प्रस्ताब दर्ता गरेपछि त्यसबारे आवश्यक निर्णय गर्नका लागि मुख्य विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने बैठकको मूल एजेण्डा संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।