नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ।
बैठकको मूल एजेण्डा संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिबार्या उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ।