नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको कोरोन संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाबाट प्रष्ट भएको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै वरिष्ठ नेता पौडेलले भनेका छन् संघीय गणतन्त्र देशलाई परी आउँदा कत्तिको उपयोगी रहेछ भन्ने कुरा कोरोना महामारीको महाविपत्तिमा हाम्रा स्थानीय तहहरुले देखाएको कार्य क्रियाशिलताले प्रमाणित गरेको छ।
उनले नेपाली जनताको सात दशक लामो संर्घषले नेपालमा राजनीति व्यवस्थाको टुंगो लगाएको बताउदै अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुनेमा जोड दिए। उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पर्ने बताएका छन्।
नेपाली जनताको सात दशक लामो अथक संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको भन्दै उनले अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिन नहुने बताए। यहि व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पर्ने उनको भनाई थियो।