संविधान संशोधन सम्बन्धी विधेयक आजको संसदमा पेश नहुने भएको छ। संसद सचिवालयले संविधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूचि मंगलबार सार्वजनिक भएको थियो।
तर बुधबार सचिवालले सरकारको आग्रहपछि संविधान संशोधन सम्बन्धी प्रस्ताव कार्यसूचिबाट हटाएको हो। सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफलका लागि थप समय मागेको थियो भने मधेस केन्द्रित दलहरुले प्याकेजमै सहमति हुनु पर्ने अडान लिएका थिए। संविधान संशोधनका लागि संसदमा दुईतिहाई मत आवश्यक पर्दछ।
सत्तारुढ नेकपा एक्लैमा दुई तिहाई सांसद पुग्दैन। संशोनका लागि कम्तिमा नेपाली कांग्रेस वा मधेस केन्द्रित दललाई सहमतिमा लिनैपर्छ। त्यसैकारण उनीहरुलाई फकाउनका लागि आजको बैठकबाट संविधान संशोधन प्रस्ताव हटाएको हो।