तत्कालीन समाजबादी (हाल जनता समाजबादी) पार्टी युवा संघ कपिलबस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार खानले कोरोना पोजेटीभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लाने क्रममा विरोध गरेको आरोपमा पक्राउ गरिएको बताए। उनले शसस्त्र प्रहरी निरीक्षकलाई दुव्र्यवहार पनि गरेको प्रहरी उपरिक्षक जबराले बताए।
जनता समाजबादी पर्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्न र छिटो आरडिटी वा पीसीआर परीक्षण गर्न माग गर्दा प्रहरीले नियन्त्रणमा लिइएको हो। अध्यक्ष यादवले खानलाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।