कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ। दुई दिन अघि हृदयाघात भएपछि उपचारका क्रममा बुटवलको मुटु अस्पतालमा ७० बर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो।
रुपन्देहीको ओमसतिया निवासी चौधरी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री भएका थिए।
कांग्रेसका महासमिति सदस्य चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन्।