सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने बढाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो।
अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधन गर्न प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।