मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमानामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो माग गरेका हुन्। बैठकमा बोल्ने अधिकांश सांसदले सरकारको नीति तथा कार्यक्रममा रहेका कमजोरीबारे औंल्याएका छन्।
यसैबीच, सभापति देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्नेमा जोड दिएका छन्। देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताए।