मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गर्दै संसद सचिवालयलमा संशोधन प्रस्ताव दर्ता गराएको छ।
कोरोना महामारीको संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै कांग्रेसले संशोधनको माग गरेको हो। सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्बजनिक गरेको थियो।
शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा संशोधनकर्ताका तर्फबाट डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमको हस्ताक्षर गरेका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने भन्दै यसको पुनर्लेखन गरिनुपर्ने कांग्रेसको माग छ।