प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
कोरोनाभाइरसको संक्रमणको रोकथाम तथा सीमा समस्या समाधानका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई आज दिउँसो ४ः३० बजे बालुवाटार बोलाएका हुन्।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको प्रधानमन्त्रीको सविचालयले जानकारी दिएको छ।
भारतले लिपुलेक पनि समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।