पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमणको महामारीसँग जुध्न फुल टाइम प्रधानमन्त्री आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सोमबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै उनले खुला सिमाना रहेको स्थितिमा लकडाउन लम्ब्याउनु अनिवार्य रहेको उल्लेख गरेका छन्।
लामो खुला सिमाना रहेको स्थितिमा लकडाउनको अवधि लम्ब्याउनु अनिवार्य हो’, उनले भनेका छन्, ’सबैले पालना गरेका छौं। अझै सावधानीपूर्वक गरौं।’
उनले लकडाउन बढाइए पनि भारतीय सीमामा अलपत्र, बेरोजगार, विपन्न र अशक्तहरुको व्यवस्थापनमा जेड दिएका छन्। भारतीय सीमामा अलपत्र रहेका, बेरोजगार, विपन्न, अशक्तको व्यवस्थापन सुधार्नु छ, परीक्षण बढाउनु छ भन्दैन उनले अगाडि भनेका छन्, स्वास्थ्यकर्मीलाई साधनसम्पन्न गर्नु छ। फुलटाइम प्रधानमन्त्री जरूरी छ। चेतना भया!’