सरकारले घोषणा गरेको दोस्रो पटकको लकडाउन र कोरोना भाइरसको उपचारका लागि गर्न लागिएको स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ।
सरकारले पहिलो चरणमा एक साताका लागि गरेको लकडाउन दोस्रो चरणमा आठ दिन थप गरेपछि चैत २५ सम्म लकडाउनको अबधि कायम छ। छिमेकी भारतमा २१ दिनका लागि लकडाउन गरेको छ। नेपालमा लकडाउनलाई पुनः निरन्तरता दिने, नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ।
त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा भएको अनियमितता र त्यसपछि नेपाली सेनालाई खरिदको जिम्मा दिन लागिएको बिषयमा पनि छलफल हुने स्रोतको भनाई छ।