स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाेखरामा काेरोना संक्रमित फेला नपरेको जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पोजिटिभ नदेखिएको स्पष्ट पारे ।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा अहिलेसम्म १२ सय ७७ जनाकाे नमूना परीक्षण भएकाे र त्यसमध्ये धरानमा ३९,जनकपुरमा ५,हेटाैडामा ५ , पाेखरामा १९,सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएकाे जानकारी दिए । आज नेपालभर १२० जना आइसाेलेसनमा रहेकाे र त्यसमा उपत्यकामा १५ जना र उपत्यका बाहिर १०५ जना रहेका छन् । हालसम्म संक्रमितकाे सख्या ६ रहेकाे छ ।त्यसमा पनि एक जना भने निकाे भएर घर फर्किसकेका छन् ।
आइसाेलेसनमा उपचार भइरहेकाे ५ जना मध्ये टेकुमा दुईजना,बागलुङमा दुईजना र धनगढीमा १ जना रहेका छन् । सबै संक्रमितकाे स्थिती सामान्य रहेकाे प्रवक्ता देवकाेटाले बताए ।अहिले प्रतिदिन नमूना परीक्षणकाे दायरालाइ बढाइएकाे उनले बताए ।