राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले ज्यानको जोखिम मोलेर अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि विलम्ब नगरी वीमाको व्यवस्था गर्नु पर्ने बताएका छन्।
‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशिघ्र वीमाको व्यवस्था गर्नुपर्दछ,’ अध्यक्ष राणाले ३ भने ‘जनता सहयोग गर्न तत्पर छन्, ढिला गर्न बुद्धिमानी हुने छैन।’
संक्रमणको महामारीमा ठूलो जोखिम मोलेर अग्रमोर्चामा कार्यरत डाक्टर, नर्स, सुरक्षाकर्मी, सहयोगी सबैले सुरक्षित महसुस गरे देश सुरक्षित रहने अवस्था छ। यसै यथार्थलाई मध्यनजर गर्दै अध्यक्ष राणाले चाँडोभन्दा चाँडो वीमाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले ट्वीटमा भनेका छन्, ‘कोरोनाविरुद्ध अंग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशिघ्र वीमाको व्यवस्था गर्नुपर्दछ । क्वारेन्टायनलगायत सबै प्रोटोकल पूरा गरेर सीमाक्षेत्रमा अलपत्र नागरिकहरूलाई मातृभूमि प्रवेश गराउनु पर्दछ । जनता सहयोग गर्न तत्पर छन्, ढिला गर्न बुद्धिमानी हुने छैन।’
विभिन्न काम व्यवसायका कारण भारतमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश फर्कन रोक लगाउन नहुनेमा राणाले जोड दिएका छन्। ‘क्वारेन्टयनलगायत स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकल पूरा गरेर सीमाक्षेत्रमा अलपत्र नागरिकहरूलाई मातृभूमि प्रवेश गराउने प्रबन्ध मिलाउनु पर्दछ,’ उनले भनेका छन्।