सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीवनयापन गर्दै आएकाहरुलाई छाकटार्न कठिनाई भएको भन्दै उनीहरुको पहिचान गरि बसेकै ठाँउमा राहत उपलब्ध गराउन आदेश दिएको हो ।
सर्वोच्च अदालतले यसरी राहत दिँदा तीनवटै तहका सरकारहरुबीच समन्वय गर्न पनि आदेश दिएको छ । अधिवक्ता विष्णु लुईटेलले विपन्न वर्गलाई तत्काल खाद्य सामग्री राहत उपलब्ध गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।