नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरुलाई तत्काल नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन्।
धारचुलामा रहेका नेपालीहरुले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले आज ट्विट गर्दै प्रश्न गरेका छन्ः आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?
उनले दार्चुला सदरमुकाम पारी भारतको धारचुलामा रहेका सयौ नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।