सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर बिश्वकर्माले जानकारी दिए।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्षसहित मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउन घोषणा गरेको थियो। लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ। त्यसपछि थप ८ दिन लकडाउन हुनेछ।
नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिएको छ।