कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको मृत्यु भएको छ ।
स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण मृत्यु भएको हो ।युवराज सिक्टस हेनरीले राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
उनी भतिजाको आश्रयमा रहँदै आएकी थिइन् । उनको कुनै सन्तान छैनन् ।यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।