चिनिया दूतावासले कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।स्वास्थ्यमन्त्री ढकालले संकटको बेला चीनले गरेको सहयोग सराहना गरे ।
चिनियाँ राजदूत होउले नेपालको लागि आवश्यक पर्ने सहयोग गर्दै जाने बताइन् ।
कोरोना भाइरस विरुद्ध अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्री विहान चीनबाट नेपाल आइपुगेकाे हाे।विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका १२.६६ टन सुरक्षात्मक सामग्रीसमेत रहेको छ।